Logo

खर्च विवरण नबुझाउने झापाका उम्मेदवारबाट २५ करोड असुल गरिने

देश प्रदेश समाचारदाता ६ आश्विन २०७९, बिहीबार १८:४२ मा प्रकाशित

झापा  तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने झापाका उम्मेदवारहरूबाट करिब २५ करोड रुपैयाँ जरिवाना असुल हुने भएको छ ।निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका २५ सय ६ जना उम्मेदवारबाट रु २४ करोड ९५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए ।

त्यसमध्ये कचनकवल गाउँपालिकाको अध्यक्षमा उठेका अन्जरा आलम र सोही गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी हेलावती राजवंशीले जरिवाना तिरेका छन् । अरु सबैको बाँकी रहेको छ ।

नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही रु चार लाख ५० हजार तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका ८७ जनाबाट कुल ३ करोड ९१ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको संख्या ३ सय ३२ छ । उनीहरूलाई निर्वाचन आयोगले जनही दुई लाख जरिवाना तिनुपर्ने निणर्य गरेको छ ।

आयोगको निणर्यानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रु ६करोड ६४ लाख असुल गर्नुपर्ने देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?