Logo

अपचलन गरेको रकम प्रधानाध्यापकद्धारा फिर्ता

देश प्रदेश समाचारदाता ५ आश्विन २०७९, बुधबार १९:५८ मा प्रकाशित

भद्रपुर घुस्याहा विद्यार्थी देखाएर लाखौं रुपैयाँ अपचलन गरेको समाचार देश प्रदेश खबरमा प्रकाशित भएपछि विद्यालयका प्रधानाध्यापकले अपचलन गरेको रकम फिर्ता गरेका छन् ।
भद्रपुर नगरपालिका वडा नं. ४ मा रहेको जनकल्याण आधारभुत निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले १ लाख १४ हजार ७ सय ५० रुपैयाँ भद्रपुर नगरपालिकाको खातामा फिर्ता गरेका छन्् । प्रधानाध्यापक रेग्मीले केही दिन अघि रकम फिर्ता गरेको नगरपालिका शिक्षा शाखाले जनाएको छ । अनलाइनमा समाचार सार्वजनिक भएको आधारलाइ टेकेर भद्रपुर नगरपालिका अन्र्तगत रहेको शिक्षा शाखाले सत्य तथ्य विवरण लिइ शाखमा आउन लिखित पत्र सहित स्पष्टिकरण मागेको थियो ।
समाचार वाहिरीएपछि विद्यालयमा गएर विद्यार्थीको हाजीरी र कक्षा कोठा अनुगमन गर्दा शङ्का लागेपछि बढी रकम प्रधानाध्यापकले बुझाएको शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए । रकम फिर्ता गरेपनि सो विषय अख्तियारमा पुगेको उनले जनाए । अख्तियारबाट नगरपालिकालाइ पत्र आएकोले सो को प्रतिवेदन अख्तियारमा पठाएको भन्ने सम्म बुझेको उनको भनाइ छ । रेग्मीले आर्थिक वर्ष ०७८।७९को रकम फिर्ता पठाएको उनको भनाइ छ ।
विद्यार्थी सङ्ख्या बढी देखिएकोले नगरपालिकाले पठाएको निकासा रकम फिर्ता पठाएको भन्दै रेग्मीले चोखिने प्रयास गरेका छन्् । हाल ९० जना विद्यार्थी रहेको र गत साल १७३ जना देखाएकोमा बढी देखिएका ८३ जना विद्यार्थीको रकम फिर्ता गरिएको उनले बताए ।
समाचार वहिरीएपछि शिक्षा शाखाले तीनदिन भित्र विवरण बुझाउन भन्दै भदौ ७ गते लिखित पत्र पठाएपनि प्रधानाध्यापकको पारिवारिक समस्याका कारण उहाँले १९ गते मात्र पत्र बुझेको प्रमुख भुजेलले जानकारी दिएका थिए । गल्ती देखिए ठाडो कारबाही गर्ने जवाफ दिएपनि सो गर्न नसकिएको नगर उपप्रमुख राधा कार्कीले बताइन् । यो सामान्य विषय भएकोले मिलान भइसकेको नगरपालिकाबाट जवाफ पाएको उनले जनाइन् । कार्यपालिकाको वैठक, मेयर, प्रमुख प्रशासकीय अधिकृत शिक्षा शाखालाइ जानकारी गराएपनि चासो नलिएको उनले बताइन् ।
विद्यालयको घट्नाको विषयमा कुुनै जानकारी नपाएको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विश्वकर्माले बताए । उजुरी नआएसम्म जानकारी नहुने उनले जनाए ।
कक्षा १ देखि ७ सम्म सञ्चालन हुदै आएको विद्यालयले सक्कली विद्यार्र्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १७३ जनाको हाजिरी देखाएको फेला परेको थियो ।
शैक्षिक सत्र सुरु भए पश्चात जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीको हाजिरी गरेपनि भदौ महिनाको शुरुवाती देखि हाजिरी कम देखाइएको थियो । विद्यालयमा दरबन्दी कायम राख्नकोलागि नक्कली विद्यार्थी देखाएको विद्यालयका प्रधानाध्यापक रेग्मीले बताएका थिए । विद्यार्थीको खाजा वापत आउँने रकमलाई कम्प्युटर , अङ्ग्रेजी , नेपाली र गणित शिक्षकलाई थप रकम दिदै आएको बताएपनि उक्त रकम कुनैपनि शिक्षकलाई नदिएको शिक्षकहरुले बताए ।
विद्यालयको हाजिरी पुस्तिका अनुुुसार प्रतिदिन एक विद्यार्थी बराबर १५ रुपैयाँ खाजा खर्च , छात्रवृत्ति ,पाठ्यपुस्तक लगायत विभिन्न शिर्षकमा विद्यालयलाई रकम जाने गरेको शिक्षा शाखाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?