Logo

डा. केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढीमा, केसीले काठमाडौं आउन मानेनन्

देश प्रदेश समाचारदाता ४ आश्विन २०७९, मंगलवार १६:३४ मा प्रकाशित

काठमाडौं नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थमा जटिल समस्या देखिएपछि नेपाली सेनाको स्काई ट्रक केसीलाई लिन धनगढीमा गएपनि उनि आउन मानेनन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका थिए ।
तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?