Logo

साफ महिला च्याम्पियनसिप फुटबल जितको लागि नेपाल र बंगलादेश भिड्दै

देश प्रदेश समाचारदाता ३ आश्विन २०७९, सोमबार १३:३२ मा प्रकाशित

काठमाडौं छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनलमा भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।

बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ ।

प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् ।

पहिलो पटक च्याम्पियन बन्ने अवसरलाई दुवै टोलीले राम्रोसँग बुझेका छन् । नेपाली टिमका प्रशिक्षक कुमार थापाले घरमै आएको साफ महिला च्याम्पियनसिपको ट्रफीलाई घरमै राख्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

‘यस पटक नयाँ च्याम्पियन बन्ददैछ । हामी त्यो अवसर गुमाउन चाँहदैनौं, प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भनेका थिए, ‘फ्यानलाई ९० मिनेटपछि दु:खी बनाउन चाहन्नौं । साफको ट्रफी यही आइपुगेको छ र हामी यो ट्रफी बाहिर जान दिँदैनौं । यो ट्रफीलाई अहिले जितेर दुई वर्षसम्मलाई च्याम्पियन भएर यही राख्न चाहन्छौं ।’

लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?