Logo

आदर्श सेवा समितिदुवारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

देश प्रदेश समाचारदाता २५ भाद्र २०७९, शनिबार २१:३१ मा प्रकाशित

भद्रपुर । झापा भद्रपुर नगरपालिका वडा नं.१० मा एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा ७० जना विरामीले सेवा लिएका छन् ।  आदर्श सेवा समितिको आयोजनामा शनिबार भएकाे शिविरमा पूर्वकै पहिलो  महिला तथा क्यान्सर रोग विषेशज्ञ डा. प्रियंका कटवालले नि:शुल्क चेकजाँच र नि:शुल्क औषधी दिएकी थिइन् ।

समितिका अध्यक्ष हरि घिमिरेको अध्यक्षता तथा  १० नं. वडाका वडा अध्यक्ष  टेकबाहादुर खड्का (काजी) काे प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा  हरिकिशोर आचार्यले स्वागत मन्तव्य र  तुलसी कार्कीले कार्यक्रम सञ्चालन  गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?