Logo

भष्ट्रचार रोक्न राप्रपाको नेतृत्व आवश्यक – नेता लिङ्देन

देश प्रदेश समाचारदाता १२ भाद्र २०७९, आईतवार २०:११ मा प्रकाशित

भद्रपुर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ठुला नेताका कारण भष्ट्रचार,वैदेशिक हस्तछेप लगायतका गतिविधि रोक्न राप्रपाको नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । राप्रपा कचनकवल झापाले आइतबार आयोजना गरेको पार्टी प्रवेशको कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
ठुला पार्टीका केही नेताका कारण देश तहसनहस वनाएर विदेशीको हातमा सुम्पिन तयारीमा रहेका नेतालाइ आउने निर्वाचनले चिनाउने बताएका छन् ।
सङ्घीय साँसद समेत रहेका लिङ्देनले आउने चुनावमा विवेक पुर्याएर सहि ठाउँमा मतदान गर्न उनले सुझाव दिए । खराब नेतृत्व परिवर्तन गर्न उपयुक्त समय आएको भन्दै उनले राप्रपा लाई जिताए जनतालाई वास्तविक सरकार भएको महशुस गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । देशको परिवर्तन बन्दुकले नभई विवेकले हुने भन्दै लिङदेनले देश भित्रै काम गरेर खाने वातावरण वनाउनु पर्नेमा जोड दिए । हर्क सम्पाङ र बालेन शाहको उदाहरण दिर्दै तपाइहरु जुनसुकै पार्टीको भएपनि भोट खसाल्ने समयमा विवेक पुर्याउन उनले सुझाव दिए । सुडान काण्डमा मुछिएका नेताको हातमा केही वर्ष अघि क्षेत्र नम्बर ३ परेको सम्झना दिलाउदै पाँच वर्ष अघिको दलदल कचनकवलमा राप्रपा निर्वाचित भएपछि सवै समस्या हटेर गएको उनले बताए । गएको स्थानीय निर्वाचनमा प्राविधिक रुपले राप्रपा पराजित भएपनि कार्यकाल अवधिमा गरिएको कामले पार्टीले विजय हासिल गरेको जनाएका थिए ।
कचनकवल अध्यक्ष रविचन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँङ्ग्रेसका कृयाशिल सदस्य एवं तरूणदल सभापति ईश्वर थापा, शिवनारायण राजवंशी लगायत दुइसयको सङख्यामा पार्टी प्रवेश गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य अन्जार आलम, नवराज पनेरु, प्रेम श्रेष्ठ, जिल्ला अध्यक्ष केशव ओझा, क्षेत्रिय अध्यक्ष तुलसा आचार्य, प्रजातान्त्रिक युवक सङ्गठन झापाका अध्यक्ष राजकुमार राई,जिल्ला सदस्य निमसरी राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
निमसरी राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गाउँपालिका युवक सङ्गठनका उपाध्यक्ष उपेन्द्र शाहले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?