Logo

यात्रामा नन्दप्रसाद नामक तेस्रो कृति विमोचन

देश प्रदेश समाचारदाता १३ श्रावण २०७९, शुक्रबार १५:१५ मा प्रकाशित

भद्रपुर लेखक रेणुका भट्टराइद्धारा लिखित समाजसेवी यात्रामा नन्दप्रसाद नामक तेस्रो कृति विमोचन गरिएको छ । काव्य घर नेपाल दमकले शुक्रबार भद्रपुरमा आयोजना गरेको कार्यक्रममा कृति विमोचन गरिएको हो ।
पेरोल साहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको कृतिमा पूर्व न्यायधिश तथा समाजसेवी पौडेलको जीवनको यथार्थ र भोगाईका कुराहरुलाइ पुस्तकमा चित्रण गरिएको छ । ९२ वर्षिय पौडेलले पदमा रहेर होस या सेवानिवृत्त भएर पनि समाजमा योगदान दिइरहेको वताइएको छ । साहित्यकार तिला लेकालीले पुस्तको समिक्षा गरेकी थिइन् । साहित्यकार लेकालीले पौडेलले जीवनमा भोगेका यथार्थ कुरा चित्रण गएिकोमा खुशी व्यक्त गरेकी थिइन् । लेखक भट्टराईलाई धन्यवाद दिदै लेकालीले पौडेल जस्ता कयौं स्रस्टा ओझेलमा परेको हुनाले अरु स्रस्टालाई पनि यसरीनै समाजमा चित्रण गर्ने आशा राखेको वताइन्
काव्यघर नेपाल डेक्स दमकका अध्यक्ष राज कुमार खड्काको सभापतित्व तथा साहित्यकार चुडामणि रेग्मीको आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर उप–प्रमुख राधा कार्की, वडा नं. ८ का अध्यक्ष गौरब सुव्वा, प्राज्ञ सभासदस्य शुभद्रा भट्टराइ, साहित्यकार कृष्ण सुवेदी निराकारले शुभकामना राखेका थिए ।
साहित्यकार देविचरण भण्डारीले स्वागत गरेका ेकार्यक्रमको सञ्चालन संगम सुहाङले गरेका थिए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?