Logo

पत्रकार महासंघको अध्यक्षप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यले गरे बैठक बहिस्कार

देश प्रदेश समाचारदाता ३० पुष २०७८, शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।
केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ । कपिलवस्तुको तिलौराकोटमा महासंघको केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।
महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए । उनीहरुले महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठाएका छन् । त्यसपछि केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी लगायत बैठक कक्षबाट बाहिरिएका छन् । भित्रै रहेकाहरुले पनि बाहिरिएका केन्द्रीय सदस्यहरुको सहभागीता विना बैठक सन्चालन हुन नसक्ने भन्दै पदाधिकारीहरुलाई पहिले सहमति गर्न आग्रह गरेका थिए । त्यसपछि अहिले पदाधिकारीहरुको बैठक जारी छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?