Logo

भद्रपुरमा पञ्चायती राष्ट्रिय गान गाउँदै दीप प्रज्वलन

देश प्रदेश समाचारदाता २७ पुष २०७८, मंगलवार २१:३५ मा प्रकाशित

भद्रपुर स्वर्गीय पथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती तथा एकता दिवस मा साँझ गाणतन्त्र विरोधी राष्ट्रिय गान गाएर दीप प्रज्वलन गरी मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिको आयोजनामा दीपमालिका गरी मनाइएको हो ।
भद्रपुरका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ता तथा शुभेच्छुकले तात्कालिनको राष्ट्रिय गित गाउँदै मनाइएको पार्टीले जनाएको छ । नगर सभापति राधा कार्कीको अध्यक्षतामा ३ नम्बर क्षेत्रीय अध्यक्ष नवराज पनेरु, दुर्गा खरेल र विद्यार्थी नेता माधव प्रसाद पोखरेल लगायतले सम्बोधन गरेका थिए भने नगर सचिव कुशुम भट्टराइले सञ्चालन गरेका थिए ।
त्यसैगरी भद्रपुर ७ स्थित वोक्तोबारीमा पनि जन्मजयन्तीको अवसरमा साँझ दीपावली गरिएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?