Logo

राष्ट्रपिता पृृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइयो

देश प्रदेश समाचारदाता २७ पुष २०७८, मंगलवार २०:३९ मा प्रकाशित

भद्रपुर स्वर्गीय पथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती तथा एकता दिवस झापामा पनि मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्लाको आयोजना तथा मेचिनगर समितिको संयोजनमा काँकडभिट्टामा मनाइएको हो ।
जिल्लाका विभिन्न नगर तथा पालिकाबाट र्यालीसहित ठूलो सङ्ख्यामा आएका कार्यकर्ता तथा शुभेच्छुकले गणतन्त्र मूर्दाबाद, राजतन्त्र जिन्दाबाद लगायतका नारावाजी गर्दै काँकडभिट्टा चोक परिक्रमा गरेर सभामा सामाले भएका थिए ।
जिल्ला सभापति केशव प्रसाद ओझाको अध्यक्षता तथा पुर्व मन्त्री रामकुमार सुब्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पृथ्वीनारायण शाहको जीवनीका बारेमा विद्धवान गणेश निरौलाले प्रष्ट पारेका थिए । मेचिनगर सभापति सविना वजगाइले स्वागत गरेकी थिइन् ।
त्यसैगरी जेष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले प्रत्येक वडाबाट एक एक गरी ११ जना उत्कृष्ट बुहारी छनौट गरी नगदसहित सम्मान गरेको थियो । पार्टीले जिल्ला भरी जन्मजयन्तीको अवसरमा साँझ दीपावली गरेको थियो । जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।
उता पृथ्वी जयन्तीको अवसर पारेर कचनकवल ५मा पृथ्वी नारायणको शालिक अनावरण गरिएको थियो ।
जन्मजयन्तीको अवसरमा झापाको कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक बिदा दिएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?