Logo

प्रधानमन्त्री कप टि-२० : प्रदेश नं. १ को टिम छनाैट

देश प्रदेश समाचारदाता २४ पुष २०७८, शनिबार २३:४८ मा प्रकाशित

 झापा । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताकाे प्रदेश नं. १ को क्रिकेट  टिम छनाैट भएकाे छ ।
यही पुष २६ गते देखि काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिताको लागि सिदान्त लोहनीको कप्तानीमा प्रदेश नं. १ को १४ सदस्यीय टिमको घोषणा छनाैट गरिएकाे हाे । छनाैट खेलाडीहरु कप्तान लाेहनी सहित मुकुन्द यादव, श्रवण यादब, दिपेश कडेल , मिनस थापा, सकिब हक, अंकित सुबेदी, मनोज तामङ, बिधान गोश्वामी, सोनु अंसारी, सुमन श्रेष्ठ , फिर्दोस अन्सारी, कमल खत्री , र बिबेक मेहता छन भने बैकल्पिक खेलाडीहरुमा ज्ञानु श्रेष्ठ , समिर कार्की, सोनु मन्डल र गौरब कटुवाल छन् भने मुख्य प्रशिक्षक लाक्पा लामा तथा टिमको व्यवस्थापक अजय राजबंशी रहेको प्रदेश सचिब मनोज कटुवालले जानकारी दिएका छन् ।
यस पटक टि-२० शैलीमा खेल हुने भएको छ । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै टि-२० शैलीमा हुनेभएको हो
प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। प्रतियोगितामा प्रदेश नं. १ टिम समुह ‘ए’ मा छ जुन समुहमा विभागीय टोलि नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्। प्रदेश नं. १ ले पहिलो खेल पुष २७ गते मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश को विरुद्धमा बिहान ९:०० बजे खेल्नेछ ।
समुह ‘बि’ मा विभागीय टोलि एपीएफ, प्रदेश नम्बर-२, बागमती प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्।खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ । टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरका सम्पुर्ण खेलहरुको सिधा प्रसारण हुनेछ


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?