Logo

धर्मनिरपेक्षको घरमा कुनैपनि कर्मकाण्ड नगराउन अध्यक्ष लिङ्देनको उर्दी

देश प्रदेश समाचारदाता ५ पुष २०७८, सोमबार २०:४६ मा प्रकाशित

भद्रपुर राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले धर्मनिरपेक्षको घरमा गएर कुनैपनि प्रकारका कर्मकाण्ड नगराउन अनुरोध गरेका छन् । सनातन धर्म,संस्कृति सङ्गठन प्रदेश नम्बर १ सदस्य भद्रपुर ४ स्थित पण्डीत ऋषि नेपालको सकृयतामा सोमबार दिउँसो नेपाल सनातन धर्म,संस्कृति सङ्गठन प्रदेश नम्बर १ झापाले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले गुरु पुरोहितलाइ सम्बोधन गर्दै यस्तो उर्दी जारी गरेका हुन् ।
हिन्दू धर्म मास्ने यजमानको घरमा गएर गरिएको कर्मकाण्डले गुरु पुरोहितको जीवीकोर्पाजन नै धरायसी हुने भएकोले सो प्रति गम्भिर हुन उनले सुझाव दिएका थिए् । यजमान घटेघटोस धर्मनिरपेक्षको घरमा कर्मकाण्ड नै नगर्ने निर्णय लिएर अघि बढ्न उनले उपस्थित गुरुपुरोसिहतलाइ सम्झाएका थिए । सवै गुरु पुरोहित एकजुट भएर शान्तिपूर्ण आन्दोलनमा जाने हो भने कसैले रगत नवगाइ हिन्दू राष्ट्र संविधानमा कायम गर्न सकिने उनको धारणा थियो । दिनभरी यजमानको घरमा कर्मकाण्ड गरेर भोट चै धर्ममास्ने पार्टीलाइ दिदा सपनामा तर्साउने उनले बताए । आत्मालाइ कहिल्यै ढाट्न नसकिने भएकोले यसतर्फ सजग रहन उनले सुझाव दिएका थिए ।
जिल्लाका विभिन्न क्षेत्रबाट वाक्लो उपस्थित भएका गुरु पुरोहितले स्वस्तीवाचन गर्दै स्वागत गरेका थिए । नेपाल सनातन धर्म,संस्कृति सङ्गठन प्रदेश नम्बर १ झापाका अध्यक्ष सुर्य सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा आचार्य शङ्कर अधिकारीले स्वागत मन्तव्यसहित धर्मका वारेमा उठान गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?