Logo

ओमिक्रोनको नयाँ रुप भेटियो

देश प्रदेश समाचारदाता २४ मंसिर २०७८, शुक्रबार १६:१० मा प्रकाशित

झापा  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ रुप भेटिएको छ ।

दक्षिण अफ्रिका, क्यानडा र अष्ट्रेलियामा ओमिक्रोनको नयाँ रुप भेटिएको हो । पीसीआर परिक्षण गर्दा ओमिक्रोनमा एस जीन म्युटेसन देखिन्थ्यो । तर नयाँ रुपमा पीसीआर परिक्षण गर्दा एस जीनको म्युटेसन नदेखिएको साइन्स अलर्टमा समाचार छ । एस जीन परिक्षणबाट ओमिक्रोन भाइरस पत्ता लाग्दै आएको थियो । ओमिक्रोनमा एस जीन देखिन छाडे पछि ओमिक्रोन हो र होइन भन्ने पत्ता लगाउन कठिन भएको वैज्ञानिकहरुले बताएका छन् । यसले ओमिक्रोनका धेरै रुपहरु भएको पुष्टी गर्ने वैज्ञानिकहरुको दावी छ । अब पीसीआर परिक्षणबाट ओमिक्रोन भाइरस पत्ता लगाउन कठिन हुने भएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?