Logo

एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

देश प्रदेश समाचारदाता १४ मंसिर २०७८, मंगलवार २१:२५ मा प्रकाशित

झापा १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित भएका हुन् ।
मंगलबार दिउँसो आएको मतपरिणाम अनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ सय मत ल्याएका छन् भने रावलले २२३ सय मत पाएका छन् । अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ ।
अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए । बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो ।
त्यहीअनुसार ओलीले सूची पनि बनाएका थिए । तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिभएका छन् । मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?