Logo

कांग्रेसको क्षेत्रीय सभापतिका लागि आचार्य र भट्टराई भिड्दै

देश प्रदेश समाचारदाता २ मंसिर २०७८, बिहीबार २२:२८ मा प्रकाशित

झापा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा झापा क्षेत्र नं.–२ (क) को नेतृत्वका लागि लक्ष्मीप्रसाद आचार्य र रविन्द्र भट्टराईबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।
क्षेत्र नं.–२ प्रदेशसभा ‘क’ को सभापतिका लागि आचार्य र भट्टराईले उम्मेद्वारी दर्ता गराएसंगै उनीहरु विच कडा प्रतिष्पर्धा हुने निश्चित भएको हो ।
क्षेत्रीय उपसभापतिको दुई पदका लागि ४ जना जयराज ढकाल, ताराप्रसाद प्रसाई, मञ्जु ओली र हेम खड्काले उम्मेद्वारी दर्ता गराएका छन् ।
दुई सचिव पदका लागि कुमारप्रसाद सिटौला, गंगाप्रसाद चुडाल, प्रमोदकुमार चौधरी र राजेन्द्र आङबुहाङबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।
सहसचिवका लागि केशवकुमार श्रेष्ठ, जितेन्द्र कार्की र सुबोध ढकालले उम्मेद्वारी दर्ता गराएका छन् ।
मंसीर ३ गते हुने प्रदेश क्षेत्रीय पदाधिकारी तथा प्रदेश क्षेत्रीय अधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं। २ ९क० बाट सात जना पदाधिकारी र १८ जना प्रतिनिधि छनौट हुनेछन् । यी १८ जना प्रदेश क्षेत्रीय प्रतिनिधि र सात पदाधिकारीसहित २५ जना निर्वाचित हुनेमा ४४ जनाले मनोनयन दर्ता गरेको मतदान अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।
तीमध्ये आदिवासी जनजाति, महिला र अल्पसंख्यकतर्फ १–१ गरी २ जना निर्विरोध निर्वाचित भएका छन् भने मंसीर ३ गते हुने निर्वाचनमा सात पदाधिकारीका लागि १३ जना र १८ प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २८ जनाबीच प्रतिष्पर्धा हुने भएको बताइएको छ । झापाका १० वटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्वका लागि मंसीर २ गते उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन स्रोतले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?