Logo

झापामा चार हात चार खुट्टा भएको बच्चा जन्मियो

देश प्रदेश समाचारदाता २४ कार्तिक २०७८, बुधबार २०:०८ मा प्रकाशित

शरणामती । झापा गाउँपालिका वडा नं. ६ फुलगाछीमा चार हात चार खुट्टा भएको अचम्मको बच्चाको जन्मिएको छ।

बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीबाट मंगलबार राति ११ बजे जन्मिएको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा थियो । स्थानीय मोहन पोखरेलले अचम्मको बच्चाको फोटोसमेत खिचेर ल्याएको बताए। छोराको रुपमा जन्मिएको उक्त बच्चाको केही समयपछि नै मृत्यु भएको पोखरेलले बताएका छन।

आफ्नै वरिपरी अनौठो आकृतिको बच्चाको जन्म भएपछि अहिले बिहानै त्यहाँ मानिसको घुइँचो लागेको स्थानीय पत्रकार केशव चापागाईंले जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?