Logo

ललितपुरको ज्वागलमा एक युवती मृत भेटिइन्

देश प्रदेश समाचारदाता २१ कार्तिक २०७८, आईतवार २०:३५ मा प्रकाशित

काठमाडौं ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

‘बाहिर पसल थियो, आफन्तले देखेपछि अस्पताल लगेछन्’ उनले भनिन्, ‘तर अगाडि नै मृत्यु भइसकेको रहेछ ।’

शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘मृत्युको कारण त पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ, यसमा अरु कुनै कारण छ कि भन्नेबारे पनि अनुसन्धान हुन्छ ।’ उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । विस्तृत अनुसन्धान जारी छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?