Logo

नेपाललाई चीनबाट १९ लाख र भारतबाट २९ लाख डोज कोभिड–१९ खोप आउने

देश प्रदेश समाचारदाता २० आश्विन २०७८, बुधबार २०:५४ मा प्रकाशित

काठमाडौँ  ।  नेपाललाई चीनबाट १९ लाख र भारतबाट आउन बाँकी २९ लाख डोज कोभिड–१९ खोप आउने भएको छ ।

बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग शिष्टाचार भेट गरेकी चिनियाँ राजदूत होऊ यान्छीले उक्त जानकारी दिएकी हुन् । राजदूत होऊले थप १० लाख डोज खोप अनुदानमा दिइन लागेको राज्यमन्त्री श्रेष्ठलाई जानकारी दिएकी छन् ।

त्यसबाहेक नेपाली सेनाका लागि चिनियाँ जनमुक्ति सेनाले तीन लाख डोज खोप दिने भएको छ । यस्तै, चीनले सहायतास्वरूप उपलब्ध गराउन लागेको १६ लाख डोज कोभिड खोप पनि २०, २२ र २३ अक्टोबरमा हवाई मार्गबाट काठमाडौं ल्याइन लागेको राज्यमन्त्री श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन् ।

यसैगरी, चीनले ५० लाख युआनसहितको चिकित्सा सहायता पनि उपलब्ध गराउने भएको छ । नेपालमा कोरोनाको सम्भावित तेस्रो लहरबाट नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले चीनले उक्त सहयोग दिन लागेको हो ।

नेपालमा ८३ लाख भेरोसेल खोप वितरणका लागि उक्त चिनियाँ सहयोग सहयोगी सिद्ध हुने राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

यस्तै, बिहीबार नै परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका भारतीय राजदूत विनयमोहन क्वात्राले भारतबाट आउन बाँकी कोभिसिल्ड खोप अर्को सातादेखि आउन सुरु हुने जानकारी दिएका छन् ।

भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित १० लाख डोज कोभिड खोप नेपालले लामो समयदेखि पाउन सकेको छैन ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?