Logo

काँग्रेस क्षेत्रीय प्रतिनिधि श्रेष्ठले दिए मदरसालाई एक धुर जग्गा

देश प्रदेश समाचारदाता १२ आश्विन २०७८, मंगलवार १९:५४ मा प्रकाशित

बिर्तामोड  । नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि एवं बिर्ताबजारका पुराना बासिन्दा कृष्णबहादुर श्रेष्ठले बिर्तामोड–३ स्थित मदरसा तालिमुल कुरानलाई एक धुर जग्गा प्रदान गरेका छन् ।सामाजिक अभियन्ता श्रेष्ठले मदरसाको लागि १ धुर जग्गा बराबरको नगद १ लाख २५ हजार प्रदान गरेका हुन् । मदरसा तालिमुल कुरानले मुस्लिम समुदायका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।
सो मदरसाका लागि बिर्तामोड–३ को समावेशी टोलमा ८ कठ्ठा जग्गा खरिदका लागि बैना गरिसकेको मदरसाका अध्यक्ष अफरोज खानले जानकारी दिए । यसअघि स्थानीय कैलाश प्रसाईले १५ लाख बरावरको १२ धुर जग्गा दान दिएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?