Logo

मनाइयो विश्व पर्यटन दिवस

देश प्रदेश समाचारदाता ११ आश्विन २०७८, सोमबार २०:१५ मा प्रकाशित

झापा । ४२ औं विश्व पर्यटन दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ ।  सुरुवाती कोठा नेपाल (एनपी) को आयोजना र दर्जन बढी सङ्घसंस्था को सहकार्यमा विश्व पर्यटनको दिवसको अवसरमा बिर्तामोडमा प्रभात फेरी र कनकाईको माई धाम सरसफाइ गरी मनाइएको छ ।
आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेजका विद्यार्थीहरूले बिर्तामोडको मुक्ति चोक वरिपरि प्रभात फेरी मा भाग लिएका थिए । साथै कार्यक्रममा पूर्वेली नौमती बाजा , महिला समूह, चारपाने ले नौमती बाजा समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मारवाडी महिला मञ्च लगायत सङ्घसंस्थाको उपस्थिति थियो । सुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासको अध्यक्षता सम्पन्न भएको थियो । सुरुवाती कोठा नेपालले विगतका वर्षमा पनि यसरी नै पर्यटन दिवस मनाउँदै आएको संस्थाका कोषाध्यक्ष रविन पाठकले जानकारी दिए ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?