Logo

बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

देश प्रदेश समाचारदाता ११ आश्विन २०७८, सोमबार १६:०५ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुन काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएको छ।

विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स ,दमकल विमानस्थलमा राखिएको थियो।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?