Logo

ट्राफिक प्रहरीले रोक्न खोज्दा दुर्घटना, एकजनाको मृत्यु

देश प्रदेश समाचारदाता ११ आश्विन २०७८, सोमबार १५:५८ मा प्रकाशित

झापा  । ट्राफिक प्रहरीले चेकिङका क्रममा रोक्न खोज्दा झापाको माइधारमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।सोमबार बिहान ८.३० बजे शिवसताक्षी १० माईधारस्थित पूर्व –पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र०३–००१ क ००९५ नं. को टिपरले सोही दिशातर्फ केरियर पानीमा डुबेपछि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटीगई बोलेरो नहरबाट बाहिर निकालेकोमा बोलेरो चालक दमक ९ बस्ने ४० वर्षिय नेत्र खड्का मृत अबस्थामा गाडीभित्र फेला परेका छन् । गईरहेको को २ च २६३२ नं को केरियर गाडीलाई रोक्न खोजिरहेको अबस्थामा पछाडीबाट ठक्कर दिँदा अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा पल्टिएको थियो ।गाडीभित्र अन्य मानिस फेला नपरेको, केरियर र शव घट्नास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मकवानपुर थाहा नगरपालिका ८ बस्ने २४ वर्षिय सहदेब कार्कीलाई इप्रका सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।सोही घटनालाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ४ सयभन्दा बढीकोे संख्यामा भेला भई पूर्वपश्चिम राजमार्ग अवरोध गरेको र भीडलाई सम्झाइबुझाई राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?