Logo

बिर्तामोड नगर सभापतिमा भोजराज सिटौलाको प्यानल निर्वाचित

देश प्रदेश समाचारदाता १० आश्विन २०७८, आईतवार २०:१७ मा प्रकाशित

विर्तामाेड । विपक्षी प्यानलको घेरावन्दीका बावजुद नेपाली काँग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला प्यानलसहित निर्वाचित भएका छन् ।भर्खरै सम्पन्न मतदानमा ४३ मतले नगर सभापति पदका प्रत्यासी कुलप्रसाद संग्रौलालाई ४३ मतले पराजित गरी सिटौला दोस्रो कार्यकालको लागि नगर सभापतिमा निर्वाचित भएका हुन् ।

सिटौलाले १५९ मत ल्याउँदा संग्रौलाले ११६ मत पाएका छन् । त्यस्तै उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १७३ , राजकुमार राजवंशी १३६ मत ल्याएर विजयी भएका छन् । अर्को प्यानलका बलराम कार्कीले ११३ र पशुपति राजवंशीले १०७ मत पाएका छन् । त्यस्तै सचिव पदमा दिवाकर प्रसाई १५३ र उत्तम खनाल १३५ मतसहित विजयी बनेका छन् । सचिव पदकै प्रत्यासी अच्युत दाहालले १२८ र दिपेन्द्र राउतले १२२ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा रमेश चौधरीले १६६ र दिनेश पराजुलीले १४७ मत ल्याएर विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी धर्मेन्द्र सिटौलाले ११५ र अमोदकुमार दाहालले १११ मत ल्याएका छन् । मतदानमा २७९ जनाले भाग लिएका थिए । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?