Logo

१७ केजी गाँजासहित महिला पक्राउ

देश प्रदेश समाचारदाता १० आश्विन २०७८, आईतवार १९:२४ मा प्रकाशित

मोरङ  । मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेकी छन् ।

घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?