Logo

नेपाली काँग्रेस भद्रपुर नगर सभापतिमा रामबहादुर कँडेल निर्वाचित

देश प्रदेश समाचारदाता १० आश्विन २०७८, आईतवार १९:०६ मा प्रकाशित

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन् । उनले ६१ मत ल्याई विजयी भएका हुन । उनका प्रतिष्पर्धीहरु मदनबहादुर बस्नेतले ५३, बन्धु कार्कीले ५१, भरत प्रसाईँले ५० र ज्ञानबहादुर चौहानले १२ मत प्राप्त गरेका छन् ।
दुई सचिव पदमा अनिता रिजाल र उत्तम कोइराला निर्वाचित भएका छन् । रिजालले १३४ र कोइरालाले १२१ मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दुर्योधन कार्कीले ६०, टेकबहादुर पाण्डेले ७२  र सन्तकुमार राजवंशी (सन्तोष)ले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई निर्वाचित भएका छन् ।
राजवंशीले १४४ र राईले ११० मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दीपेशकुमार साहाले ८१ र सन्तोष थापाले ७४ मत प्राप्त गरेका छन् । भद्रपुर ८ स्थित एनसीडिसी भवनमा सभापति, सचिव र सहसचिव पदका लागि आइतबार भएको निर्वाचनमा २३९ मध्ये २२९ जनाले मतदान गरेका थिए । त्यसमध्ये एउटा मत बदर भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् ।
यता उपसभापति पदमा शनिवार नै दुई जना निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुरुङ रहेका छन् । उपसभापति पदबाट रेखा अधिकारीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
त्यस्तै प्रत्यक्ष महिला सदस्य खुलातर्फ वडा नम्बर २ की गोमा तामाङ, वडा नम्बर ४ की बिनुका लिम्बु, वडा नम्बर ५ की रिता दाहाल सुवेदी, वडा नम्बर ६ की सितादेवी घिमिरे, वडा नम्बर ७ की दुर्गा माया भट्टराई, वडा नम्बर ८ की पार्वती गुरागाईँ, टीका थापा, वडा नम्बर ९ की लीला शर्मा बेगम र वडा नम्बर १० की ललिता देवी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
प्रत्यक्ष सदस्य खुलातर्फ वडा नम्बर १ का महाप्रसाद पनेरु, वडा नम्बर २ का जर्नादन बजगाईँ, चन्द्रप्रसाद फुयल, वडा नम्बर ४ का वीरेन्द्रकुमार लिम्बु, राजेन्द्र श्रेष्ठ, वडा नम्बर ५ का नरेन्द्र कार्की, टोपराज खतिवडा, वडा नम्बर ६ का महादेव मण्डल, यदुनन्दन शाह रौनियार, वडा नम्बर ७ का सूर्य प्रसाद खतिवडा, रोहितप्रसाद खतिवडा, केशवप्रसाद कोइराला, द्वारिकाप्रसाद श्रेष्ठ, भानु राजवंशी, वडा नम्बर ८ का सुशील खतिवडा, रमेशकुमार पराजुली, वडा नम्बर ९ का हेमप्रसाद चम्लागाई, वीरेन्द्र मल्ल र वडा नम्बर १० का सविन जोगी, राजेन्द्रकुमार तुलाधर निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी खस आर्य महिलामा सारिका भुर्तेल ढुङ्गाना, मनीषा घिमिरे र सरिता शर्मा, खस आर्य खुलातर्फ दिनेशकुमार राय, तेजप्रसाद पोखरेल, रामबहादुर राउत र सुशान्त कुमार राय, समावेशी आदिवासी जनजातिमा महिलातर्फ मुना कन्दंङवा, ललिताकुमारी राजवंशी, आदिवासी जनजाति खुलातर्फ नुन करण सिंह राजवंशी, रसत राजवंशी, तर्कराज राई, जयप्रकाश राजवंशी ५, मधेसी खुलातर्फ मुकेश मित्रुका र सिकेन्द्र यादव र मुस्लिम खुलातर्फ जाहिद हुसेन निर्विरोध निर्वाचित भएका छन् ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?