Logo

दीर्घ राेगीका लागि फाइजर खोप दसैँअगावै नेपाल ल्याइने

देश प्रदेश समाचारदाता ९ आश्विन २०७८, शनिबार १९:०३ मा प्रकाशित

काठमाडाै । एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमारलाल कर्णले खोप छिट्टै आउने जानकारी दिए।  खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने । “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।” नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले एक लाख ६२० मात्रा खोप दशैँअघि नै आइपुग्ने बताए । यसअघि कोभ्याक्स सुविधाले युनिसेफसंँगको सहकार्यमा फाइजर खोप भण्डारण गर्नका लागि चारवटा फ्रिज नेपालमा ल्याइएको छ । महाशाखा प्रमुख डा. कर्णले कोरोनाविरुद्धको खोप फाइजर सरकारले छिट्टै किन्ने तयारी भइरहेको जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?