Logo

झापामा ११ सयले राप्रपा प्रवेश गरे

देश प्रदेश समाचारदाता ७ आश्विन २०७८, बिहीबार २१:१७ मा प्रकाशित

विर्तामोड। महाधिवेशनको मिति नजिकिएसँगै राप्रपामा प्रवेश गर्नेहरुको संख्या पनि बढ्न थालेको छ।

कार्तिकमा हुने भनिएको पार्टीको महाधिवेशनमा अध्यक्षका दाबेदारका रुपमा हेरिएका राजेन्द्र लिङदेनको गृह जिल्ला झापामा राप्रपा प्रवेश गर्नेको संख्या बढ्न थालेको हो।

झापामा पछिल्लो एक महिनामा मात्र ११ सय जना राप्रपामा प्रवेश गरेका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका लिङदेनले चलाएको पार्टी प्रवेश अभियानअन्तर्गत झापाका विभिन्न पालिकाबाट उक्त संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका हुन्।

नेता लिङदेनका अनुसार राप्रपा प्रवेश गर्नेमा अधिकांश युवा छन् भने एमाले, कांग्रेस, माओवादी केन्द्रलगायतका दल परित्याग गर्नेहरु पनि उल्लेख्य संख्यामा छन्। बाह्रदशी, हल्दिवारी, भद्रपुर, कचनकवल र विर्तामोड लगायतका ठाउँबाट ठूलो संख्यामा अन्य दलका नेता कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका हुन्।

गएको संघीय निर्वाचनमा झापा क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्ण सिटौलालाई भारी मतान्तरले हराउँदै संसद प्रवेश गरेका लिङदेन पछिल्लो समय पार्टीको नेतृत्व हाँक्नसमेत तयारी गरिरहेका छन्। भ्रष्टाचार, बेथिति र अनियमितताका विषयमा आवाज उठाउँदै आएका लिङदेनले राप्रपामा युवाहरुको आकर्षण बढिरहेको भन्दै पार्टी प्रवेश अभियान तीब्र रुपमा सञ्चालन भइरहेको बताए। रू

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?