Logo

बन्द रहेका देशभरका सबै सीमानाका खुला गर्ने सरकारकाे निर्णय

देश प्रदेश समाचारदाता ५ आश्विन २०७८, मंगलवार १९:४९ मा प्रकाशित

भद्रपुर। सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भद्रपुर नाका खुलाउन प्रधानमन्त्रीलाई विभिन्न सङघ संस्थाले पटक- पटक ज्ञापन  पत्र मार्फत पत्र पठाइएको थियाे  ।

सरकारले गरेकाे निर्णयसगै १८ महिनादेखि बन्द रहेको भद्रपुर नाका समेत खुलेकाे छ  । कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि भद्रपुर नाकाबाट आवतजावत पूर्ण रुपमा रोक लगाएको थियाे  । भद्रपुर नाकाबाट भारतबाट आउने ढुवानीका सरसामानमा भने कुनै रोक लगाएको थिएनन । मेची पुल वाहेक दायाँबायाँबाट लुकीछिपी अवत जावत भने चलिरहेकाे थियाे ।

सरकारले ३७ करोड लगानी गरेर भद्रपुर–गलगलिया सीमा जोड्ने मेची नदीमा पक्की पुल बनाएको छ ।  लामो समयदेखि सीमा नाका बन्द हुँदा मेची पुलको उपयोग गर्न यहाँका जनतालाई सरकारले वञ्चित गराएको थियाे  ।

सरकारले उही मान्यता रहेको काँकडभिट्टामा भने नियमअनुसार आवत – जावत जारी भएपनि भद्रपुर नाका भने ठप्प रहको थियाे  । दुवै नाकामा मूल भन्सार रहेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?