Logo

भद्रपुरमा एकैदिन २ सय ३९ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

देश प्रदेश समाचारदाता २ आश्विन २०७८, शनिबार १९:२१ मा प्रकाशित

.भद्रपुर । भद्रपुर र हल्दीबारी क्षेत्रबाट २ सय ३९ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । भद्रपुर वडा नम्बर ९ पोकापाडाबाट ७५ र सोही वडाको देवकोटा चोकबाट ३७ जना,वडा नम्बर १० को विपी चोकबाट ११ जना र भदपुर २ बाट ८९ जनाले पार्टी प्रवेश गरेका हुन् ।
उता हल्दीबारी १ बाट २२ जनाले पार्टी प्रवेश गरेका थिए । उनीहरुले नेपाली काँङ्ग्रेस , एमाले ,माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी आएका थिए । नव प्रवेशीलाइ सङ्घीय साँसद राजेन्द्र प्रसाद लिङ्देनले स्वागत गरेका थिए ।
भद्रपुरका विभिन्न वडामा आजै महिला तथा युवक सङ्गठन समेत चयन गरिएको थियो । पछिल्लो समय देशभरी नै राप्रपामा प्रवेश गर्नेको लहर अत्याधिक बढेर गएको साँसद लिङ्देनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?