Logo

संविधान दिवसमा सशस्त्र प्रहरीद्वारा सरसफाइ(तस्वीर सहित)

देश प्रदेश समाचारदाता २ आश्विन २०७८, शनिबार १२:२९ मा प्रकाशित

भद्रपुर। सातौँ संविधान दिवसको अवसरमा सशस्त्र प्रहरीले सरसफाइ गरेकाे छ । टाेलीले मेची अस्पताल भद्रपुर लगायत विभिन्न मठ-मन्दीर शनिवार बिहान सरसफाइ गरेको हाे । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार प्रहरी टोलीले  अस्पतालभित्र र गेट बाहिर सरसफाइ गरेकाे थियाे ।

यता जिल्ला स्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेकोले सोही अनुसार कार्यक्रम गरिएको एसपी पाण्डेले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?