Logo

मासु भात खुवाएर भोट किन्ने काँङ्ग्रेस – नेता लिङ्देन

देश प्रदेश समाचारदाता ३१ भाद्र २०७८, बिहीबार २२:१२ मा प्रकाशित

कचनकवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सङ्घीय साँसद राजेन्द्र प्रसाद लिङ्देनले राप्रपाप्रति जनताको झुकाव देखेर अन्य पार्टीका नेता तथा कार्यकर्ता अतालिएको बताएका छन् ।
झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित साँसद लिङ्देनले विहीबार कचनकवलमा आयोजित कार्यालय भवन शिलान्यास तथा गाउँ अधिवेशनलाइ सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
राप्रपाको लहर देखेर अन्य दलसँग नमिली चुनावमा उठ्न नसकिने भन्दै देशका ठुला दल नै हिडने गरेको उनले बताए । आउँदो स्थानीय तहको निर्वाचनमा कचनकवलका ७ वटै वडाबाट राप्रपाको जित सुनिश्चित भइसकेको उनले ठोकुवा गरे । निर्वाचनको समयमा मासु भात खुवाएर भोट किन्ने काँङ्ग्रेस चुनाव आएसगै मासु भातको भतेर सुरु गरेको उनले आरोप लगाए । क्षेत्र नम्बर ३ मा भएका विकास निर्माण लगायत जुनसुकै काम राप्रपाले गरेपनि काँङ्ग्रेसका नेता कृष्ण सिटौलाले गरेको भन्दै बजारमा हिडने भरौटे देखि दया लागेर आएको उनको भनाइ थियो । नेता सिटौलाले धर्म कर्म गरेर आराम गर्ने उमेरमा रातारात राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गरेको देखेर उदेक लागेको बताए । जनताले सवै कुरा बुझिसकेकोले अबको पालो राप्रपाको नै भएको उनको भनाइ थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?