Logo

ब्राउनसुगरसहित दुई पक्राउ

देश प्रदेश समाचारदाता २९ भाद्र २०७८, मंगलवार १७:४७ मा प्रकाशित

झापा  । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ पथरी २ बुद्ध चोक बस्ने ३४ वर्षिय भिमराज राई र सोही नगरपालिका १ बस्ने ३२ वर्षिय अनुप सुब्बा लिम्बु रहेका छन् । सोमबार राति ९.३० बजे बिर्तामोड ३ बिर्ताबजारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले को २७ प ८६७४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर र दुईवटा मोवाईल बरामद गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?