Logo

कचनकवलमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु दुई घाईते

देश प्रदेश समाचारदाता २२ भाद्र २०७८, मंगलवार १५:१२ मा प्रकाशित

झापा  झापा कचनकवल गाउँपालिका ६ स्थित बिशाल बस्तीनजिक भित्री सडकखण्डमा दुईवटा मोटरसाईकल एक–आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।

हिजो बेलुका ८ बजे पूर्वतर्फ जाँदै गरेको मे १०प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाईकल एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाईते भएका २१३७ नम्बरको सोही स्थानका मोटरसाईकल चालक ३७ वर्षीय सोम दाहालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको हो भने घाईते भएका ५३८९ नम्बरको मोटरसाईकल चालक सोही पालिका ५ का २६ वर्षीय करण राजवंशी र पछाडी सवार कचनकवल ३ की १८ बर्षीया जयमती राजवंशीको उपचार भईरहेको छ । दुर्घटना भएका दुवै मोटरसाईकल ईलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?