संखुवासभा। संखुवासभाकाे मादी नगरपालिकामा एकै परिवारका ६ जनाकाे विभित्स हत्या भएकाे छ ।

नगरपालिकाकाे १ नम्बर वडा स्थित उम्लिङमा रहेकाे बाैद्धमान कार्कीकाे घरमा धारीलाे हतियार प्रहार गरि एकै परिवारकाे ६ जनाकाे हत्या भएकाे हाे । हत्या गरिएकाहरूमा बाैद्धमानकी ८४ वर्षीया  पार्वता, छाेरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५६ वर्षीया मनमाया, बुहारी २८ वर्षीया रञ्जना, नाती ११ वर्षीय दिपक र नातीनी गाेमाकाे हत्या भएकाे  वडाअध्यक्ष खेमनाथ कटुवालले जनाएका छन् ।

रहस्यमय तरिकाले हत्या भएकाहरूमा घर नजिकैकाे खरबारी नाती र  नातीनाकाे , खाेल्सामा सासु र एउटी बुहारीकाे, बाटाेमा ताेजबहादुरकाे र घर भित्र एउटी बुहारीकाे शव फेला परेकाे सचिव धनबहादुर श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार  बैद्धमाका २ छाेरा मध्याे एक जना बैदेशिक राेजगारमा रहेका छन् । कार्कीकाे घर  गाउँ भन्दा केही दुरीमा रहेकाेले घटना ढिलाे गरी थाँहा पाएकाे  उनले बताए ।

उनले भने ‘ घटना रहस्यमय छ, शवहरू यत्रतत्र छन्, सबैभन्दा नजिककाे छिमेकी भनेकाे करिव २ सय मिटर पर भएकाले पनि घटना अलि ठिलाे गरी थाँहा पाइयाे । ‘

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरिक्षक सहितकाे टाेली घटना स्थलमा जादैगरेकाे बताइएकाे छ ।