Logo

सदाचार शिक्षा आजको आवश्यक्ता

देश प्रदेश समाचारदाता ७ जेष्ठ २०७८, शुक्रबार १२:५५ मा प्रकाशित

राजेन पाैडेल

भद्रपुर सत् आचारण: यस्य= सदाचार: , शुद्ध भावनाद्वारा गरिने आचरणलाई सदाचार भनिन्छ । आदरणीय र पुजनीय व्यक्तिहरूको सम्मान गर्नु, सत्य बोल्नु, सरलता हुनु, कपटरहित व्यवहार हुनु,सात्विक संगत, अर्काको धन तथा ऎश्वर्यको चाहाना नगर्नु, इन्द्रीयलाई दमन गर्नु, मनोभावनालाई शुद्ध राख्नु इत्यादि गुणहरुलाई नै सदाचार भनिन्छ । मानवको उन्नतिसाधक गुण नै सदाचारको सर्वोत्कृष्ट स्थान रहन्छ ।

जो मानव श्रेष्ठ व्यक्तित्वको सत्कार गर्दछ, माता-पिताले दिएको आज्ञाको पालन गर्दछ, सधै सत्य बोल्दछ, ठग्ने काम गर्दैन, सत् व्यवहारिक व्यक्तित्वसंग सङ्गत गर्दछ, संकट या कठिन समयमा सत्मार्गलाई छोड्दैन यस्ता व्यक्तिहरुको जीवन श्रेष्ठ, वरिष्ठ, सुखमय र शान्तिमय हुन्छ । यस्ता मानिसको समाजमा र राष्ट्रमा पनि आदरणीय हुन्छन् । यस्ता व्यक्तिहरु इहलोक र परलोकमा, देश या विदेशमा सर्वत्र निर्भय र आपत्तिरहित भएर विचरण गर्दछन् । जो मानव आचरण विरुद्ध आचरण गर्दछ , उसको जीवन सर्वथा निन्दनीय र अपमानित हुन्छ । सुख र शान्ति कहिल्यै पनि प्राप्त हुदैन ।

यी व्यक्तिहरुलाई यस लोक र परलोकमा आनन्द प्राप्त हुदैन ।भौतिक तथा क्षणिक सुख भए पनि मनोभावना शान्तिको लागी सम्पूर्ण ढोकाहरु बन्द रहन्छ्न् । दु:खको विषय छ कि सदाचार हाम्रो देशमा आवस्यक पर्दछ , राष्ट्र सञ्चालनलाई आवस्यक पर्दछ भने सम्पूर्ण प्रजाहरुलाई पनि आवस्यक पर्दछ । तर हाम्रो देशमा त सदाचारलाई शिथिलता बनाई सर्वत्र दुराचारलाई नै स्वीकारेको देखिन्छ । चोरी, लूट, हिंसा, ठगी, बलात्कार, व्यभिचार र भ्रष्टाचारको साम्राज्य छ जस्तो लाग्दछ । सुखमय शान्तिको समाज टाढा हुँदै जादैछ । यस्तो परिस्थितिमा समाजमा सदाचारको नियमवलिलाई पुन: स्थापनाको आवस्यक रहन्छ । जहिलेसम्म देशका सेवक र जन-जनमा सदाचार, सत्यनिष्ठ हुदैन , त्यस समयसम्म देशको उन्नती-प्रगति हुदैन ।त्यसैले प्रशासक, सामाजिक व्यक्ति, जन नायक र जनताहरु सबैले सदाचारमा रही स्वार्थ छोडेर यथा शक्ती कार्यगरे आफ्नो,समाज र राष्ट्रको विकास हुन्छ ।

अस्तु श्रीहरि:


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?