Logo

भद्रपुर नगरपालिका स्तरीय प्रथम मेयर कप हुने

देश प्रदेश समाचारदाता १ फाल्गुन २०७७, शनिबार २०:०९ मा प्रकाशित

भद्रपुर भद्रपुर नगरपालिकाको आयोजनामा भद्रपुर नगरपालिका स्तरीय मेयर कपको प्रथम संस्करण ‘२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ ७ देखि १५ गतेसम्म चल्नेछ । नगर खेलकुद समितिका अध्यक्ष श्याम बाबु राउतले आज एक संछिप्त कार्यक्रम गर्दै टि २० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
प्रतियोगितामा नगरका १० वटा वडा टिमहरुको सहभागिता रहने र उक्त्त टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने उनले जनाए । समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने प्रतियोगिताका उपसमिति सदस्य तुलसी कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेता तथा उपविजेताले नगद , ट्रफी र प्रमाणपत्र पाउने उप समिति संयोजक राजन भट्टराइले जानकारी दिए ।
यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान को पुरस्कार समेत प्रदान गरिने शेखर खड्काले जनाए ।
प्रतियोगिताले भद्रपुरको क्रिकेट बिकाश साथै नगरका युवा खेलाडीहरुको स्तरवृद्धिमा सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नगर प्रमुख जीवन कुमार श्रेष्ठले बताए । प्रतियोगिताको आधारमा उत्कृष्ट खेलाडीहरु छनौट गरी भद्रपुर नगरपालिकाबाट प्रतिनिधित्व गर्ने एउटा राम्रो टिम तयार गर्ने योजना रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?