Logo

प्रदेश नं.१ को १४ सदश्य क्रिकेट टाेलीको छनाैट

देश प्रदेश समाचारदाता २९ पुष २०७७, बुधबार २२:०९ मा प्रकाशित

भद्रपुर । यहि माघ २ गते बाट शुरु हुन गैरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ को लागि प्रदेश नं.१ को १४ सदश्य टोलीको छनाैट गरिएकाे छ । टोलिमा सिद्धान्त लोहनी ( कप्तान ), फिर्दोस अन्सारी, दिपेश कंडेल, दीपक पासवान, शुभान्कर उराउ, मिनश थापा, राजन मगर ( विकेट किपर), श्रवण यादव, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ, सोनु मण्डल, जोशक खडका , बिबेक मेहता र हेमन्त राई छन्‌। प्रदेश १ को बन्द प्रशिक्षण ३ दिन सम्म बिराटनगरमा सम्पन्न भयेको थियो ।
प्रदेश का लागि हेडकोच लाक्पा लामा, बलिङ कोच राजकुमार प्रधान र टिम मेनेजर अजय राजबंशी रहेको सचिव मनोज कटुवालले जानकारी दिए । खेलाडी टाेली बिहिबार साँझ काठमाडौं प्रस्थान गर्दैछ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?