Logo

कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” विमोचन

देश प्रदेश समाचारदाता २६ पुष २०७७, आईतवार २१:२२ मा प्रकाशित

भद्रपुर साहित्यकार भानुभक्त कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” उपन्यासकोे विमोचन गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३७ औँ जन्म जयन्तीको अवसर पारेर चन्द्रगढीमा सो उपन्यासको विमोचन गरिएको हो ।

लेखनाथ वाचनालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा सरोज ओलीले उपन्यासको बिमोचन गरे ।

वाचनालयका अध्यक्ष नवराज धिमिरेको अध्यक्षता तथा अग्रज साहित्यकार सरोज ओलीको प्रमुख अतिथ्मा भएको विमोचन कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले कुभिण्डेलीको व्यक्तित्व र कृतिको समीक्षा गर्नु भएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?